Connect with us
Kapilvast Forest

सुनसरीमा सेना परिचालन

२०७९, १८ बैशाख आईतवारमा प्रकाशित

 

सुनसरी – स्थानिय तह निर्वाचनको सुरक्षाका लागि सुनसरीमा २४ घण्टा नेपाली सेना परिचालन गरिएको छ ।सेनाको कम्पनी अपरेटिङ बेस स्थापना गरि जिल्लामा २४ घण्टा नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, रामधुनी, बराहक्षेत्र, दुहवी नगरपालिका तथा कोसी, भोक्राहा नर्सिङ, हरिनगरा, गडि, बर्जु, देवानगन्ज गाँउपालिकामा नेपाली सेनाले पट्रोलिङ गस्ती थालेको नेपाली सेनाको कृष्णदल गण इटहरीले जनाएको छ ।

सेनाले स्थापना गरेको कम्पनी अपरेटिङ बेसमा सेनानी नेतृत्वमा एक सय १० जना जनशक्ति परिचालन गरिएको जनाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu