Connect with us
Kapilvast Forest

चुनाव नजिकिएसँगै व्यावसायिक क्षेत्रमा बढ्यो चहलपहल

२०७९, २० बैशाख मंगलवारमा प्रकाशित

चितवन – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्य रूपमा होटल रेष्टुराँको व्यापार बढ्न थालेको छ । यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरूमा निर्वाचनको समयमा खर्च बढी हुने गरेको छ । स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि शहरका ठूला होटल रेष्टुराँको व्यवसायमा समेत यसको सकारात्मक प्रभाव देखिन थालेको हो ।

चितवनका पर्यटन व्यवसायीसमेत रहेका नेपाल उद्योग परिसंघ, बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडी निर्वाचनको चहलपहल शुरू भएको बताउँछन् । उनले भने, ‘ऋण धन गरेर पनि उम्मेदवारले खर्च गर्ने हुँदा यसले बजार व्यवसायलाई चलायमान बनाउँछ ।’

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बढ्दो चुनावी माहोलले आर्थिक क्षेत्र चलायमान हुन थालेको बताए । होटल रेष्टुराँको व्यापार बढेसँगै यसको प्रत्यक्ष प्रभाव उत्पादन क्षेत्रमा पर्ने उनको भनाइ छ । ‘निर्वाचनको समयमा पैसा बजारमा आउँदै गर्दा समग्र अर्थतन्त्रलाई समेत यसले चलायमान बनाउँछ,’ उनले भने ।

रेष्टुराँ एण्ड बार एशोसिएशन (रेबान) चितवनका अध्यक्ष अच्युत भट्टले पछिल्ला दिनमा साना रेष्टुराँको व्यापार राम्रो हुन थालेको बताए । गाउँगाउँमा रहेका साना रेष्टुराँमा चहलपहल बढेको उनको भनाइ छ । उनले भने, ‘ठूला होटल रेष्टुराँमा पनि व्यवसाय बढ्नेछ ।’ रेबान चितवनकी उपाध्यक्ष अनुशा पाठकले अपेक्षित व्यापार भइनसके पनि संकेत राम्रो देखिएको बताइन् ।

बजार चलायमान हुँदै गर्दा पोल्ट्री उत्पादनको माग समेत बढ्न थालेको छ । मुख्यरूपमा अण्डा र मासुको माग बढेको व्यवसायीले बताएका छन् । पोल्ट्री व्यवसायी शंकर कँडेलका अनुसार अण्डा र मासुको माग बढेको छ । यसअघि पोल्ट्री उत्पादनको माग घट्दा मूल्यमा कमी आएको थियो ।

अब क्रमश: पूर्ववत् अवस्थामा अण्डाको मूल्य फर्कने अवस्थामा छ । बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको व्यवसायीले बताएका छन् । अण्डा उत्पादक कृषक मदन पोख्रेलले यसअघि प्रतिक्रेट रू. ३३० मा विक्री हुँदै आएको अण्डा सोमवारदेखि रू. ३८० मा विक्री हुन थालेको बताए । अण्डा दिएपछि विक्री गरिने माऊ (प्यारेन्ट) कुखुरा प्रतिकिलो रू. ११० बाट रू. १५० पुगेको छ । बजारमा कुखुराको मासुको अभाव हुन थालेको व्यवसायी बताउँछन् ।

बीचको समयमा बर्डफ्लुका कारण कुखुरा मरेपछि यसको प्रभाव बजारमा देखिन थालेको हो । माग बढी र उत्पादन कमी हुँदा समस्या देखिएको व्यवसायी बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu