Connect with us
Kapilvast Forest

जसपालाई विजयी बनाउनुस् सबै वडामा माध्यमिक विद्यालय र अस्पताल खोल्छौ:अध्यक्ष यादव

२०७९, २१ बैशाख बुधबारमा प्रकाशित

 न्युज सेन्टर नेपाल–
जनता समाजवादी पार्टी लुम्बिनी प्रदेस समितिका अध्यक्ष अशोक कुमार यादवले कृष्णनगरमा जसपा नेपालका उम्मेदवार विजयी भए प्रत्येक वडामा माध्यमिक विद्यालय स्थापना गर्ने बताउनु भएको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष यादवले शिक्षामा पछि परेको माध्यमिक बिद्यालय नभएको वडामा राम्रो ब्यवस्थापन सहितको विद्यालय खोल्ने योजना रहेको जानकारी दिनु भयो ।

अध्यक्ष यादवले भन्नू भयो ” हामी जित नकिकै छौ, सतप्रतिशत निर्वाचित हुन्छौ, कृष्णनगरको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्छौ ।”

जिल्लाको कृष्णनगरमा ५० वेडको सुविधा सम्पन्न अस्पताल खोल्ने यादवले बताउनु भयो । जसपा नेपालको चुनाव चिन्ह छातामा मतदान गरि सम्पुर्ण उम्मेदवारहरुलाई विजयी बनाउन उहाले अहवान गर्नुभयो ।

सोही चुनावी कार्यक्रममा बोल्दै युवा नेता शाह नवाब शाहले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा स्थानीय तहको निर्वाचनमा जसपा नेपालको बलियो स्थिति रहेको बताउनु भएको छ ।

मेयर पदका उम्मेदवार अकरम पठान, उपमेयरको उम्मेदवार आरती सिंह यादव लगायत सम्पुर्ण उम्मेदवारलाई विजयी बनाउन शाह आग्रह गर्नु भयो ।

जिल्लाको कृष्णनगरमा जसपा नेपालका लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठान मेयर पदको उम्मेदवारको रुपमा बलियो उम्मेदवार रहेको स्थानीयले बताएका छन ।

विगतका दिन देखि नै समाजिक कार्यमा अग्रसर रहेका पठान चुनावी दोडमा आगाडी देखिएका छन ।
अहिले कृष्णनगरको ६० भन्दा बढी गाउमा घरदैलो अभियान सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj