शिवराजमा एमालेलाई जिताउन जनता गोलबद्ध
कपिलवस्तु-नजिकिदै गरेको स्थानिय तहको निवार्चनलाई लक्षित गरी नेताहरु जनताको घर घुमा पुग्ने गरेका छन । दिन प्रतिदिन रुपामा नजिकिएको निर्वाचनलाई केन्द्रमा राखेर नेताहरु जितको माहेल बनाउदै छन ।
देशकै पहिलो राजनितिक शक्तिको रुपमा रहेको नेकपा एमलेका नेताहरु पनि घरदैलो अभियानमा व्यस्त छन । शिवराज नगरपालिका नगर प्रमुख पदका उमेद्धार महादेब पोख्रेल, उपमेयर पदका उमेद्धार शिकुमारी थारु, वडा अध्यक्ष पदका दाबेदारहरु सहित सदस्यहरु घरदैलोमा व्यस्त छन ।
आज शिवराज नगरपालिका वाड नं १ मा उमेद्धारहरु सहित जिल्ला तह देखि स्थानिय नेता कार्यकर्ताहरुको उत्साहपुर्ण सहभागितामा घरदैलो गरेका छन । वडा नं १ का वडा अध्यक्ष पदका उमेद्धार खिम बिक्रम के सि वडा सदस्यहरु सहित बेलौति, बनकट्टा, लगायतका टोलका घरमा पुगेर आपना भावि योजना सुनाउदै मत माग्दै गरेका छन ।
शिवराज नगरपालिकामा प्रमुख उप प्रमुख सहित वडाहरुमा पनि प्यानलनै बिजय गराउने गरि चुनावि मैदानमा एमाले शिवराज लागेको छ । आसन्न स्थानीय तहको निर्वाचमा एमाले उम्मेदवार विजयी गराउन नगर देखि वडा सम्म एमालेमय बनेको छ । शिवराज नगरपालिका सबै वडामा बलियो खम्बाको रुपमा एमाले अगाडि आएको छ ।