कटुवा पेस्तोलसहित दाङबाट युवक पक्राउ
दाङ- प्रहरीले एक थान कटुवा पेस्तोलसहित युवकलाई पक्राउ गरेको छ ।भारत घर बताउने १९ वर्षीय सोमु बिकलाई लमही नगरपालिका-३ मझगाउँस्थित प्रतिक्षालयबाट बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनले कम्मरमा कटुवा पेस्तोल लुकाइरहेको प्रहरीको दाबी छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।