Connect with us
Kapilvast Forest

१५ ओटा विकास बैंकले सार्वजनिक गरे

२०७९, २४ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-१५ ओटा विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

नेप्सेमा सूचीकत १६ ओटा विकास बैंकमध्ये कर्णाली डेभलपमेन्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका १५ कम्पनी मध्ये दुई कम्पनी घाटामा रहेका छन् । नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक घाटामा रहेका हुन् बाँकी १३ ओटा कम्पनी सबै नाफामा रहेका छन् ।

चालू आवको तेस्रो त्रैमाससम्ममा सप्तकोशी डेभलपमेन्ट बैंक रू. ७ करोड ३८ लाख र नारायणी डेभलपमेन्ट बैंक रू. २१ लाख ९ हजार घाटामा रहेका हुन् । तेस्रो त्रैमासमा नाफामा रहेका १३ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ । कम्पनीले सो अवधिमा रू. १ अर्ब २ करोड नाफा कमाएको छ ।

यो नाफा गत आवको तुलनामा भने १ दशमलव ४९ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. १ अर्ब ५६ लाख नाफा कमाएको थियो । प्रतिशतका आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको नाफा गत आवको तुलनामा चालू आवमा ७६ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ ।

गत आवमा रू. ४० करोड ३६ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवमा बढेर रू. ७१ करोड ४२ लाख नाफा कमाएको छ । त्यसैगरी सबैभन्दा कम नाफा गर्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । उक्त कम्पनीले सो अवधिमा भने रू. ७५ लाख २३ हजार नाफा कमाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj