Connect with us
Kapilvast Forest

अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं -जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवन कार्य नगर्न नगराउन आग्रहसमेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना विपरीतका कार्य तोकिएको समयमा गरे÷गराइएको पाइएमा कानूनबमोजिम कारबाही गर्ने बताएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu