Connect with us
Kapilvast Forest

मदिरा बिक्री वितरण गर्न निषेध

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

madira

काठमाडौं – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन नगर्न नगराउन निर्देशन जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत एवं भक्तपुरका मुख्य न्यायाधिस गोपालप्रसाद बाँस्तोला, जिल्ला निर्वाचन कार्यालय, तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला निकायबीच भएको निर्वाचनसम्बन्धी छलफलमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न विभिन्न निर्णय गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आगामी २७ गते राति १२ बजेदेखि ३० गतेसम्म मदिरा बिक्री वितरण र सेवन गर्न निषेध गर्ने निर्णय गरेको छ ।

साथै मतगणना सम्पनन नभएसम्म मतगणनास्थल आसपास मदिरा बिक्री वितरण एवं सेवन निषेध गर्ने निर्णय गर्दै यो आदेशको अवज्ञा गरे तत्काल पक्राउ गरी कारबाही गरिने प्रजिअ शर्माले जानकारी दिए ।

सबैले आचारसंहिताको पूर्णपालना गर्ने गुराउने, मतगणनास्थलमा २४सै घण्टा विद्युत्, टेलिफोन तथा इन्टरनेटको आपूर्ति गर्न विद्युत् प्राधिकरण र टेलिकमलाई निर्देश गरेको छ ।

निर्वाचनका दिन जिल्लामा सबै एम्बुलेन्सलाई आवश्यक पर्ने वित्तिकै प्रयोगमा आउने गरी प्राथमिक उपचारका सामग्री, स्वास्थ्यकर्मीसहित तयारी अवस्थामा राख्न, जिल्लाका सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्थालाई जनशक्तिसहित नियमित सञ्चालन गरी आकस्मिक सेवा दिनसक्ने गरी तयारी अवस्थामा राख्न, दमकल, डोजरलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

निर्वाचनका दिन खानेपानी, एम्बुलेन्स, दमकल, शव वाहन, अस्पताल, विद्युत् सेवा, रेडक्रसका गाडी र सवारी पास बाहेकका साधनलाई सञ्चालन गर्न नदिने, कुनै पनि पास भएका सवारीसाधनले मतदाता बोकेको पाइए नियन्त्रणमा लिएर तत्कालै पास खारेज गर्ने निर्णय गरेको प्रजिअ शर्माले जानकारी र्दिए ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोजकुमार थापाले निर्वाचनका दिन चारवटै नगरपालिकाका लागि चार एम्बुलेन्समा प्राथमिक उपचारको सामग्रीसहित राखिने बताए । मतदानस्थलमा स्थानीय पालिकाले प्राथमिक उपचारका सामग्री पठाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सप्तरीमा मङ्गलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आज एक सूचना जारी गरी मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थमा रोक लगाइएको जनाएको छ ।

वैशाख ३० गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न मादक पदार्थ बिक्री वितरण तथा तथा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए । निर्वाचन सुरक्षा ९व्यवस्था० निर्देशिका २०७८ को परिच्छेद ६ (थ) बमोजिम यस्तो निर्णय गरिएको उनले बताए ।

मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको बताउनुहुँदै प्रजिअ गौतमले निर्णयविपरीत कसैले काम गरेको पाइएमा नियमअनुसार कारबाही हुने चेतावनी दिनुभयो । यो निर्णयअघि मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, प्रमुख जिल्ला अधिकारी गौतमसहितको उपस्थितिमा राजविराजमा सर्वदलीय बैठक सम्पन्न भएको थियो ।

जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावना भएकाले जिल्लामा मदिरा सेवन तथा बिक्री वितरणमा पूर्णप्रतिबन्ध लगाइएको हो । जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिराको भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरिएको छ ।

अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहिता पालना गर्न पनि बैठकमा सहभागी राजनीतिक दल तथा उम्मेदवारलाई सचेत बनाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu