Connect with us
Kapilvast Forest

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

accident

 

 

बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिका-८ गल्ली कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २९ वर्षीय मानबहादुर विश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय किशोर बसौली रहेका छन्।

सिकिस्त भएका दुवै जनाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको हो। भे १० प २७८४ नम्बरको मोटरसाइकल आज बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj