Connect with us
Kapilvast Forest

अत्तरियाबाट बाजुरा गइरहेको बस डोटीमा दुर्घटना

२०७९, २९ बैशाख बिहीबारमा प्रकाशित

धनगढी- डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ । अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शारदा प्रसाद चाैधरीका अनुसार दुर्घटनामा करिब २०-२५ जना घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ । ‘६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइसकिएको छ । अरुलाई पनि ल्याइँदै छ,’ डीएसपी चौधरीले भने, ‘पहाडी जिल्लामा ठूला गाडी नचल्ने भएकाले सना गाडीहरुमा ओसारिरहेका छौं ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj