Connect with us
Kapilvast Forest

विजयनगर गाउँपालिका १ नम्बर वडामा एमालेको प्यानलै बिजयी

२०७९, ३१ बैशाख शनिबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुमा नेकपा एमालेले विजयी सुरुवता गरेको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर १ मा एमालेको पूरै प्यानल बिजयी भएको छ ।वडा न १ मा खसेको सबै मत गनिसक्दा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका इन्नर थारु ८७३ मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका बुधराम चौधरीले ५०१ मत प्राप्त प्राप्त गरे ।साथै वडा सदस्यहरुमा पनि एमालेकै प्यानल बिजयी भएको छ ।

महिला सदस्यमा दमन्ती राना, दलित महिला सदस्यमा जुगुरी परियार, खुल्ला सदस्यहरुमा तिजमान राई र त्रिबेनि कोरीले बिजय हासिल गरेका छन । गाउँपालिकाको अध्यक्षमा गोपाल वहादुर थापा उपाध्यक्षमा लक्ष्मि कुमारी चौधरीको अग्रता कायमै रहेकाके छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj