Connect with us
Kapilvast Forest

शिवराजमा महादेव पोख्रेलको मतान्तर घट्दै,शिवकुमारीको सुरुवाति अग्रता कायमै

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार महादेव पोख्रेलले राप्रपाका उम्मेदवारसँगको मतान्तरलाई घटाउँदै लगेका छन् ।

सुरुवाति चरणमा ३ सय  बढि मतान्तरले पछाडि परेका पोख्रेललले वडा न २ र ११ को मत मतगणनाको परिणाम पछि मतान्तर कम गरेका छन ।सुरुवाति चरणमा ३ सय वढि मतान्तरको पछाडि परेका पोख्रेल ६ ,३० को मतपरिणाम सम्म ७६ मतान्तरले पच्छाएका छन।

शिवरजको ९ हजार ५ सय ८ मत गन्दा अजय थापाको २ हजार ६ सय २५ र पोख्रेलले २ हजार ५ सय ४९ मत पाएका छन् ।त्यस्तै कांग्रेसका उम्मेदवार हुमकान्त खनालले १ हजार ७ सय ९३ मत छन भने उपमेयर तर्फ एमालेको तर्फवाट उम्मेदवार वनेकि शिवकुमारी थारुको सुरुवाति अग्रता कायम नै रहेको छ उनको हाल सम्म २ हजार ९ सय २ मत ल्याएकि छिन भने कांग्रेसको तर्फवाट उम्मेदवार बनेकि सारदा रायमाझीले २ हजार ९३ मतसहित पच्छाएकि छिन ।

त्यस्तै शिवराजको वडा न १ मा एमाले उम्मेदवार खिम विक्रक के सी , २ नम्बर वडा र ११ नम्बर वडामा कांग्रेस उम्मेदवार क्रमश रामबहादुर चौधरी र रामेश्वर वर्मा जियी भएका छन । अहिले शिवराज १० को मत गणना जारी छ ।

कपिलवस्तु शिवराज नगरपालिका अपडेट (६;३०) कुल मतगणना भएको ९५०८ मध्ये
एमाले(सुर्य)=२५४९
राप्रपा(हलो)= २६२५
कांग्रेस (रुख)= १७९३
गठबन्धन(कलम)= ३३५
लोसपा(साइकल)=५८४
जसपा(छाता )=७१४
#उप प्रमुख पदमा
एमाले ( सुर्य) = २९०२
काङ्ग्रेस ( रुख) = २०९३
गठबन्धन (हसिया हतौडा)= ४१८
राप्रपा ( हलो) = १७८५
लोसपा(साइकल)= ३४६
जसपा(छाता)=५१३
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu