Connect with us
Kapilvast Forest

कपिलवस्तुको विजयनगरमा गतगणना रोकियो

२०७९, २ जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको विजयनगर गाउँपालिकामा मतगणना रोकिएको छ । आइतबार साँझबाट विजयनगरमा मतगणना रोकिन पुगेको हो ।मतदान अधिकृतले दिएको मतसंख्या र मत गणनामा बसेका कर्मचारीले दिएको संख्यामा तलमाथि भएपछि दलहरुले आपत्ति जनाउँदै मतगणना रोकेका थिए ।

वडा नं. २ को मतगणनामा यस्तो भेटिन पुगेको जनाइएको छ ।विजयनगर गाउँपालिकाका निर्वाचन अधिकृत भविश्वर पाण्डेका अनुसार रोकिएको मतगणना सुचारु गर्नका लागि सर्वदलिय बैठक आहन गरिएको छ ।

सर्वदलिय बैठक बसे पछि मतगणना सुरु गर्ने तयारी छ ।७ वडा रहेको विजयनगरमा वडा नं. १ र वडा नं. ७ मा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj