शिवराजमा राप्रपाका थापाको अग्रता कायमै
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अजय थापाले आफ्नो अग्रता कायम राखेका छन् । वडा न १० को मत गन्दा पछाडि परेका थापा वडा नम्बर ३ को मत गणना गर्दा पुन आफनो अग्रता कायम गरेका छन ।
१३ हजार १२५ मत गणना गर्दा नेकपा एमालेका मेयरका उम्मेद्वार महादेव पोख्रेलसं भन्दा अजय थापा ५६ मतले अगाडी छन् ।राप्रपाका थापाले ३ हजार ३ सय ७० मत प्राप्त गरे भने एमालेका पोख्रेलले ३ हजार ३ सय १४ मत पाएर पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका मेयरका उम्मेद्वार हुमाकान्त खनालले २ हजार २ सय ५९ मत पाएका छन् ।उपमेयर तर्फ एमालेकी उम्मेद्वार शिवकुमारी थारु सुरुवाति अग्रता कायम गरेकि छिन उनले ३ हजार ६ सय ९५ मत पाएकी छिन् ।
नेपाली कांग्रेसकी उपमेयको उम्मेद्वार सारदा रायमाझिले २ हजार ७ सय २८ मत पाउँदा राप्रपाकी उम्मेद्वार विपासा चौधरीले २ हजार २ सय ६२ मत पाएकी छिन् ।शिवराजका ४ वटा वडाको मत गणना सकिएको छ। नं। १ मा एमालेबाट वडाध्यक्षमा खिमविक्रम केसी,वडा नं। २ को वडाध्यक्षमा रामबहादुर थारु,वडा नं। १० मा लोसपाबाट मञ्जु मिश्रा र वडा नं। ११ मा कांग्रेस उम्मेदवार रामेश्वर वर्मा विजयी भएका छन् । अहिले वडा नं। ३ को मत गणना भइरहेको छ ।वडा नं ३ मा १ हजार ७ सय ५ मत गणना हुँदा सम्म नेकपा एमालेबाट वडा अध्यक्ष पदका उमेद्धार टेकलाल सापकोटाले अग्रता लिएका छन । ३ नंबर ३ हजार ७ सय १२ मत खसेको छ ।
- कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ को ३७१२ मत मध्ये १७०५ मतगणना हुँदा ।।
- प्रमुख(मेयर)
- काँग्रेस (रुख)= १७०
- एमाले(सुर्य)=४३९
- राप्रपा (हलो)= ६२६
- जसपा (छाता)=१३४
- लोसपा(साइकल)=१२२
- गठबन्धन(कलम)=३४
- स्वतन्त्र(पुतली)=१३
- उपप्रमुख(उपमेयर)
- काँग्रेस (रुख)= १८७
- एमाले(सुर्य)=५२०
- राप्रपा (हलो)= ४१४
- जसपा (छाता)=१४४
- गठबन्धन(हसिया हथौड़ा)=१००
- साइकल =१३९
- वडाअध्यक्ष
- काँग्रेस (रुख)= २१६
- एमाले(सुर्य)=५५०
- राप्रपा (हलो)= ३२०
- जसपा (छाता)=१५८
- गठबन्धन(हसिया हथौड़ा)=१७३
- लोसपा(साइकल)= १११