Connect with us
Kapilvast Forest

सातामा सय अंकले बढ्यो नेप्से

२०७९, २ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-अघिल्लो साता २ हजार २ सय ३८ सम्म ओर्लिएर बढ्न सुरू गरेको नेप्सेले गत साता १ सय ११ अंक जोड्यो। गत साता लागातार बढिरहेको नेप्से अन्तिम दिन भने १८ अंकले घटेको थियो।

नेप्से वृद्धिको प्रयासमा देखिदा लगानी भने बढेको छ। अघिल्लो साता ३ दिन कारोबार भएको बजारमा दैनिक औसत कारोबार एक अर्ब ४४ करोड रहेकोमा गत साता यस्तो कारोबार एक अर्ब ७१ करोड रह्यो। गत साता भरीमा भने ८ अर्ब ५६ करोड रूपैयाँ बराबरको सेयर कारोबार भयो।

बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचनको कारण बैंकिङ प्रणालीमा अनौपचारिक क्षेत्रको पैसा भित्रिने अपेक्षामा निक्षेपको ब्याजदर नबढाएपछि सेयर लगानीकर्ताहरू पनि आशावादी बनेका छन्। पछिल्लो समय वित्तीय प्रणालीमा देखिएको कर्जा योग्य पुँजी अभावकै समस्याका कारण सेयर बजार समेत प्रभावित भइरहेको छ।

निकै तलसम्म बजार ओर्लिएको र बैंकहरूले निक्षेपको ब्याजदर समेत नबढाउने निर्णयको सकारात्मक प्रभाव बजारमा देखिएको हो। तर, नेप्सेको दिशा स्पष्ट भइसकेको छैन। गत एकै सातामा १ सय ३० अंकसम्म नेप्सेबढेपछि लगानीकर्ताहरू मुनाफा सुरक्षित गर्न लागेकाले पनि अन्तिम दिन बजार घटेको देखिन्छ।

आगामी दिनमा प्रणालीमा पुँजी भित्रिएको देखापरेमा भने बजार केही समय बढ्न सक्छ। गत साता सबै समूहगत परिसूचकमा सुधार देखिएको छ। वित्त र जलविद्युत् कम्पनी समूहमा सबैभन्दा धेरै १० प्रतिशतको दरमा सुधार भएको छ।

जाल्पा सामुदायिक लघुवित्तको मूल्यमा सबैभन्दा धेरै ६१ प्रतिशतले वृद्धि भयो। कारोबारमा आएको दुई महिना हुँदै गरेको यस कम्पनीको सेयर मूल्य लगातार बढिरहेको छ। तेस्रो त्रैमाशमा ३७ प्रतिशतले नाफा बढेको जाल्पाको नाफा ८ करोड ६४ लाख रूपैयाँ छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि ७२ रूपैयाँ छ। सूर्योदय र वमि लघुवित्त मर्ज भएर बनेको सूर्योदय वमि लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। मर्जरपछिको पहिलो कारोबारमै कम्पनीको मूल्य १० प्रतिशतले घटेको हो।

 

यस साताको शुरुदेखि बढ्ने क्रममा देखिएको नेप्से अन्तिम दिन घटेर कालो (रातो) लामो माथिल्लो धागो सहितको मैनवत्ति बनेको छ। अन्तिम दिन करिब २४ नजिकसम्म पुगेर बजार घटेको हो। बजारले २४ सयमा प्रतिरोध परिक्षण गर्न थालेको देखिन्छ। बजार घट्न सक्ने सम्भावना यसले देखाउँछ।

नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज विश्लेषणको आधारमा भने बजार अहिले पनि वियरिश (घट्दो) प्रवृत्तिमै छ। अहिले पनि २१ दिने मुभिङ एभरेज रेखा ७ दिनेभन्दा माथि छ। तर, ७ दिने रेखामाथि लाग्ने प्रयासमा भने छ। ७ दिने रेखा माथि लाग्ने क्रममा २१ दिने रेखालाई काटेमा बुलिश (बढ्ने) प्रवृत्ति शुरु हुने मानिन्छ ।

यस साताको पिभट विश्लेषण अनुसार अन्तिम दिन घटेको नेप्सेले आगामी साता २ हजार २ सय ४० मा पहिलो टेवा पाउने र त्यहाँबाट बजार बढ्न थालेमा भने २ हजार ४ सय २४ मा पहिलो प्रतिरोध परिक्षण गर्नेछ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu