Connect with us
Kapilvast Forest

२२ वर्षकै उमेरमा गाउँपालिका अध्यक्ष

२०७९, २ जेष्ठ सोमबारमा प्रकाशित

सर्लाही -सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षका राजाबाबु यादव विजयी भएका छन् । पढ्ने उमेरमै उनी गाउँपालिकाको अध्यक्ष बनेका हुन् । माओवादी नेता तथा पूर्व सांसद शिवजी यादवका छोरा समेत रहेका उनले गाउँपालिकामा माओवादी केन्द्रबाट टिकट पाएका थिए । बुवाको राजनीतिक विरासतको फाइदा उनलाई पुगेको छ ।

 

४ हजार ८१ मतसहित उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३ सय ९२ मत ल्याए ।

त्यसैगरी, स्वतन्त्रबाट के.एस. राहुल बर्माले १ हजार ४ सय ६९ मत पाए । यस्तै, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले ९ सय २१ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टीका मनिष कुमार मिश्रले ७ सय ५६ मत पाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj