Connect with us
Kapilvast Forest

विप्लवको वडा शिवराज ९ माओवादी केन्द्रको प्यानलै विजयी, विप्लवका उम्मेदवार तेस्रो

२०७९, ३ जेष्ठ मंगलवारमा प्रकाशित

कपिलवस्तु – नेत्रविक्रम चन्द (विप्लव) को घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् । वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका राम गोपाल चौधरी (थारु) ले ७ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन । थारुका प्रतिस्पर्धी नेकपा एमालेका अशोक मल्लले ५ सय ५६ मत प्राप्त गरे ।

सो वडामा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिई पुतली चुनाव चिह्नबाट माल बहादुर घर्तिमगरले प्रतिस्पर्धा गरेका थिए । उनले ५ सय १७ मत प्राप्त गरी तेस्रो भए ।वडा सदस्य तर्फ माओवादी केन्द्रका जोख बहादुर पुन र राम नरेश थारुले निर्वाचन जित्दा विप्लवका स्वतन्त्र उम्मेदवार रमेश चौधरी र विजयविक्रम शाह तेस्रो भए ।

त्यसैगरी माओबादी केन्द्रकी लक्ष्मी भट्टराईले महिला सदस्य जित्दा विप्लव नेतृत्वको नेकपाकी स्वतन्त्र उम्मेदवार सविता कुमारी घर्ति दोस्रो बनिन् ।दलित महिला सदस्य तर्फ माओवादी केन्द्रकै सरिता विकले चुनाव जित्दा एमालेकी फुलमाया सुनार दोस्रो र नेकपाकी स्वतन्त्र उम्मेदवार शान्ति दमाई तेस्रो भइन् ।

शिवराज नगरपालिकामा विप्लव नेतृत्वको नेकपाबाट भेषराज भुसालले नगर प्रमुख पदमा उम्मेदवार छन् । सोही वडाको शिवगढीस्थित भगवानपुरमा नेत्र विक्रम चन्द (विप्लव) को घर र पार्टी केन्द्रीय कार्यालय समेत छ ।२०७४ को स्थानीय तहको निर्वाचनमा सो वडा माओवादीले जितेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu