Connect with us
Kapilvast Forest

स्वर्गद्वारीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा जनमोर्चा विजयी

२०७९, ३ जेष्ठ मंगलवारमा प्रकाशित

 

प्युठान- प्युठानको स्वर्गद्वारी नगरपालिकाको प्रमुमा नेपाली कांग्रेसका टेक प्रसाद भण्डारी निर्वाचित भएका छन् ।

उनी नेकपा एमालेका उम्मेदवार रामप्रसाद श्रेष्ठलाई २ हजार ५७४ मत अन्तरले पछि पार्दै नगर प्रमुखमा निर्वाचित भएका हुन् । भण्डारीले ७ हजार ७२६ मत पाउँदा एमालेका श्रेष्ठले ५ हजार १५२ मत पाए ।

 

यसैगरी नगर उपप्रमुखका राष्ट्रिय जनमोर्चाका मीनराज रानामगर निर्वाचित भएका छन् । रानामगर ७ हजार ३७७ मतसहित नगर उपप्रमुखमा निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी गौरी बारापातेले ५ हजार २६ मत पाइन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu