Connect with us
Kapilvast Forest

रुकुम पश्चिमको आठबिसकोटमा पनि माओवादी विजयी

२०७९, ४ जेष्ठ बुधबारमा प्रकाशित

 

 

रुकुम पश्चिम- रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । नगर प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका हुन् ।

माओवादी केन्द्रका उम्मेदवार केसी ७ हजार ३९९ मतसहित नगर प्रमुखमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धिरेन्द्र कुमार बटालाले ६ हजार ६१५ मत पाए । एमाले उम्मेदवार कृष्णा कुमारी मल्लले १९९ मत पाइन् ।

 

यसैगरी उपप्रमुखमा पनि माओवादी केन्द्रकी धनकुमारी शाही विजयी भएकी छन् । शाहीले ७ हजार २६७ मत पाइन् ।उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २६८ मत पाएका छन् ।रुकुम पश्चिमका ६ वटा पालिकाहरुमध्ये चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका माओवादी केन्द्र विजयी भएको छ । नेपाली कांग्रेसले बाँफिकोट गाउँपालिका जितेको छ ।

अब जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिकाको परिणाम मात्र सार्वजनिक हुन बाँकी छ ।पूर्व रुकुममा भने भुमे, सिस्ने र पुथा उत्तरगंगा तीनवटै गाउँपालिकामा माओवादी विजयी भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu