Connect with us
Kapilvast Forest

शिवराज ५ मा एमालेका बेल्बासेको प्यानल विजयी

२०७९, ५ जेष्ठ बिहीबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ अध्यक्षसहित चारै जना सदस्यमा एमाले उम्मेदवार विजयी बनेका छन् ।वडाध्यक्षमा नेत्र प्रसाद बेल्बासे १६ मतान्तरले विजयी बनेका छन ।

 

अध्यक्षमा बेल्बासेसहित सदस्यमा एमालेका चारै जना उम्मेदवार धनिराम थारु ,शहेन शाह खाँ , सिता देवि शर्मा(रेग्मी) र खगि सुनार सदस्य । उनले १ हजार १ सय ६९ मत ल्याएका हुन्।

 

निकटतम प्रतिस्पर्धी कांगे्रसका उम्मेदवार हरी प्रसाद पोख्रेलले १हजार १ सय ५३ मत पाए । त्यस्तै राप्रपाका सन्तोस चौधरीले १ हजार १ सय ४५ , गठबन्धनका साझा उम्मेदवार सरोज पौडेलले ५ सय ३२ , लोसपाका उम्मेदवार अब्दुल हमिद २ सय २३ ,जसपाका उम्मेदवार मिनहाज आलम खानले ३ सय १२,एमालेका वागि (स्वतन्त्र) उम्मेदवार अर्जुन बहादुर पाण्डेले १ सय ७९ मत ल्याए ।

 

शिवराजका वडा न १,२,३,४,५,८,९,१० र ११ वडाको मत गर्णन सकिदा सम्म मेयर तर्फ राप्रपाका अजय थापा अगाडि छन उनलाई एमालेका महादेव पोख्रेलले पच्छाईरहेका छन भने उपमेय तर्फ एमालेकि शिवकुमारी थारु अगाडि छिन ।अव ६ र ७ वडाको मत गर्णना बाँकि छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu