Connect with us
Kapilvast Forest

काठमाडौँ ४ मा एमालेको प्यानललै विजयी

२०७९, ५ जेष्ठ बिहीबारमा प्रकाशित

 

काठमाडौँ- काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दिनेश महर्जनको प्यानललै विजयी भएको छ । उनका नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद न्यौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन्।

त्यसैगरी सदस्यमा एमालेका तर्फबाट नवीन मैनाली र सरू अधिकारी श्रेष्ठ विजयी भएकी छन्। महिला सदस्यमा सन्ध्यादेवी खनाल र दलित महिला सदस्यमा कल्पना सार्की (वयल्कोटी) विजयी भएकी जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा प्यानलै विजयी भएका छन् ।

त्यसैगरी कामपाकै प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २२ हजार ८४२ मत प्राप्त गरी आफ्नो अग्रता कायम गरिरहँदा प्रमुखकै उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत प्राप्त गरेका छन् । नेपाली कांगेसका तर्फबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले १० हजार ९८६ मत पाएकी छन्।

त्यस्तै उपप्रमुख पदका लागि एमालेका उम्मेदवार सुनिता डङ्गोल २० हजार ५९० मतका साथ अग्रस्थानमा रहेकी छिन् भने नेकपा (एकीकृत समाजवादी) का तर्फबाट रामेश्वर श्रेष्ठले सात हजार १९५ मत पाएका छन् । कामपामा हालसम्म ५५ हजार १४६ मत गणना भइसकेको बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu