Connect with us
Kapilvast Forest

बागलुङमा प्रमुख र उपप्रमुखमा २ महिला मात्र निर्वाचित

२०७९, ५ जेष्ठ बिहीबारमा प्रकाशित

बागलुङ – १० वटा स्थानीय तह रहेको बागलुङमा प्रमुख र उपप्रमुख पदमा जम्मा २ जना मात्र महिला निर्वाचित भएका छन् ।

बडिगाड गाउँपालिकामा निर्वाचित गण्डकी थापा जिल्लाकै एकमात्र महिला पालिका प्रमुख हुन् । त्यसैगरी तमानखोला गाउँपालिका उपाध्यक्षमा निर्वाचित हिरा कुमारी छन्त्याल एकमात्र पालिका उपप्रमुख हुन् ।

 

४ सय ४५ जना जनप्रतिनिधिको लागि भएको स्थानीय तह निर्वाचनमा अनिवार्य गरिएका बाहेकका चुनिने महिला भने १० जना मात्र छन् ।

ताराखोला गाउँपालिकामा २, ढोरपाटन नगरपालिकामा १, बडिगाड गाउँपालिकामा ३, गलकोट नगरपालिकामा १ र जैमिनी नगरपालिकामा १ गरि ८ जना महिला खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।

१० स्थानीय तहका ८५ वटा वडा रहेको बागलुङमा यो पटक एक जना पनि महिला वडा अध्यक्ष चुनिएनन् ।२०७४ मा ६ महिला उपप्रमुख र २ जना महिला वडा अध्यक्षमा निर्वाचित भएका थिए ।नगरप्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख वा उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिता गराउने स्थानीय तह निर्वाचन ऐन २०७३ को मर्म भए पनि दलहरुले तालमेलका नाममा महिलालाई प्रमुख पदमा स्थान नदिँदा यो पटक २ महिला मात्र निर्वाचित भएका हुन् ।

एउटा दलले प्रमुख वा उपप्रमुख मध्ये एकमात्र पदमा उम्मेदवारी दिँदा महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने व्यवस्था नभएकै कारण बागलुङमा महिला नेतृत्व घटेको हो ।सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहमा भागवण्डा गर्दा पालिका प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवार उठाए । वडा अध्यक्ष र खुल्ला सदस्यमा महिला उम्मेदवार नै उठाएनन् ।

नेकपा एमालेले जिल्लाका ९ स्थानीय तहको उपप्रमुख र एक वडाध्यक्षमा महिला उम्मेदवार उठायो । एमालेका सबै महिला उम्मेदवार सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग पराजित भए ।

भागवण्डा गर्दा आफ्नो भागमा परेका पालिकामा मध्ये बडिगाड गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसले मात्र महिला उम्मेदवार उठायो । तमानखोलामा निर्वाचित उपाध्यक्ष हिरा कुमारी छन्त्याल पनि कांग्रेसकै उम्मेदवार हुन् । यसबाहेक कांग्रेसले काठेखोला गाउँपालिका–२ को अध्यक्षमा महिला उम्मेदवार उठाएको थियो । उनि नेकपा एमालेका उम्मेदवारसँग पराजित भइन् ।

गठबन्धनमा सहभागी भएका नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक जना पनि महिला उम्मेवार उठाएनन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu