Connect with us
Kapilvast Forest

संसदमा एमालेले अर्थमन्त्रीलाई खोजेपछि उपस्थित हुन सभामुखको निर्देशन

२०७९, ५ जेष्ठ बिहीबारमा प्रकाशित

 

काठमाडौं- विनियोजन विधेयकमाथि छलफल गर्न बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई अनिवार्य रूपमा उपस्थित हुन सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिएका छन्।

अर्थमन्त्रीले पेश गरेको विधेयकमाथि छलफल गर्ने क्रममा अर्थमन्त्री नै अनुपस्थित भएपछि एमालेले प्रश्न उठाएपछि बैठकमा उपस्थित हुन सभामुखले निर्देशन दिएका हुन्।

सभामुख सापकोटाले भने, ‘प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ८ बमोजिम संबन्धित मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थितिका लागि निर्देश गर्दछु।’

उनले सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित नभएसम्म अन्य मन्त्रालयका मन्त्रीहरूले छलफलमा उठेको विषयलाई टिपोट गर्न निर्देशनसमेत दिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu