Connect with us
Kapilvast Forest

ओलीको गृहनगर दमकको मेयरमा राप्रपाका थापा निर्वाचित

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

 

दमक- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिका राप्रपाले जितेको छ । राप्रपाका उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका हुन् ।

 

थापाले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छिन् ।

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १३ हजार ९३१ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत प्राप्त गरेका छन् ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा २०३९ सालमा दमक गाउँ विकास समितिबाट नगरपालिका बनेदेखि नै यहाँको मेयर बन्ने सपना देखेका थिए । जसअनुसार उनले पहिलोपटक मेयरमा चुनाव लडेकै २४ वर्ष वितिसक्यो । त्यसअघि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०४३ सालदेखि मेयर बन्ने रेसमा थिए ।

तत्कालीन नगर पञ्चायत हुँदा उनले एमालेकी मेयर उम्मेदवार गीता अधिकारीका काका ससुरासँग कम मतले हार व्योहोरेका थिए ।

एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको मेयर बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए।

एमाले एक्लै प्रतिस्पर्धामा थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu