विप्लवका स्वतन्त्र उम्मेदवार भुसालले भने नातावाद र कृपावाद नहोस
कपिलवस्तु-विप्लप नेत्रित्वको नेपाल कम्युनिष्ट पाटीको तर्फबाट शिवराज नगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार भेषराज भुसालले आँफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरु तथा चुनावि प्रचार प्रसारमा खट्ने सबै समर्थकहरुलाई आभार प्रकट गरेका छन् ।
गत वैशाख ३० गते भएको स्थानिय तहको अन्तिम नतिजा पछि एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका निर्वाचन एउटा खेल हो त्यस्ैले हारलाई स्विकार्दै सम्पूर्ण मतदाताहरु तथा चुनावि प्रचार प्रसारमा खट्ने सबै समर्थकहरुलाई आभार प्रकट गर्दछु ।
अनेकौ लोभ लालच डर त्रार मतको खरिद विक्रि र विभिन्न भ्रमलाई चिर्दै राष्ट्रघात र जनघात विरुद्ध खडा भएर चिर्दै राष्ट्रिय स्वाधिनता , जनतन्त्र र जनजिविकाको पक्षमा मतदान गर्नै सबैलाई धन्यवाद ज्ञपन गरेका छन । साथै विज्ञप्तिमा दलाल पुँजिवादी संसदिय व्यवस्था अन्तरगत हुने निर्वाचनहरु साम, दाम, दण्डभेद र घात,प्रतिघात र अन्तरघात यसका मुल प्रवितिहरू नै हुन। यद्यपि कुनै जनधनको क्षति विना सापेक्षिकहिसावले शान्तिपूर्ण रुपमा निर्वाचन कार्य सम्पन्न गर्न आ–आफ्नो क्षेत्र र जिम्माको भूमिका कुशलतापूर्वक निर्वाह गर्नुहुने निर्वाचन आयोग अन्तरगत खटिने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, शुरक्षकर्मि पत्रकार मित्रहरु, मानव अधिकार कर्मीहरु लगायत सम्पूर्ण नागरिक समाज प्रति पनि हार्दिक धन्याबादव्यक्त गरेका छन ।
चुनाव चिन्ह पुतली लिएर शिवराजको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारको रुपमा चनावि मैदानमा उत्रिएका भुसालले शिवराज नगरपालिकामा विजयी भएका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, लगायत सम्पूर्ण सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।
प्रेश विज्ञप्ति
आदरणिय शिवराज नगरपालिका निवासी आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरु
राष्ट्रिय परिस्थितिको माग अनुसार अत्यन्त छोटो समयमा आकस्मिक र अप्रत्यासित रुपमा मैले शिवराज नगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएको थिए। अत्यन्तै छोटो अवधिमा पनि निरन्तर प्रचार प्रसारमा बढ्ने सम्पूर्ण सहयोद्धा कमरेडहरु, समर्थन र व्यवस्थापन गरिदिने कमरेड विप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जिल्ला समिति कपिलवस्तु र अनेकौं लोभ लालच, डर त्रास, मतको खरिद विक्री र विभिन्न भ्रमहरुलाई चिर्दै राष्ट्रघात र जनघातका विरुद्ध खडा भएर राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजिविकाको पक्षमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण देशभक्त तथा न्यायप्रेमि मतदाताहरुमा उच्च सम्मानका साथ हार्दिक अभिनन्दन गर्दछ।
विभिद कारणवस मतदान दिन असमर्थ भएपनि मेरो उम्मेदवारीलाई अत्यन्त सम्मान गर्नुहुने र ड्डमलाई भविष्यका निम्ती महत्वपूर्ण सुझाव सल्लाह दिनुहुने प्रमुख व्यक्तित्वहरु, नागरिक समाज विभिन्न राजनितिक दलहरुभित्रकै सचेत नेता कार्यकर्ताहरु लगायत सम्पूर्ण सुभेच्छुक महानुभावहरुमा हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दछु ।
दलाल पुँजिवादी संसदिय व्यवस्था अन्तरगत हुने निर्वाचनहरु साम, दाम, दण्डभेद र घात,प्रतिघात र अन्तरघात यसका मुल प्रवितिहरू नै हुन। यद्यपि कुनै जनधनको क्षति विना सापेक्षिक हिसावले शान्तिपूर्ण रुपमा निर्वाचन कार्य सम्पन्न गर्न आ–आफ्नो क्षेत्र र जिम्माको भूमिका कुशलतापूर्वक निर्वाह गर्नुहुने निर्वाचन आयोग अन्तरगत खटिने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु,पत्रकार मित्रहरु, मानव अधिकार कर्मीहरु लगायत सम्पूर्ण नागरिक समाज प्रति पनि हार्दिक धन्याबाद
व्यक्त गर्दछ । शिवराज नगरपालिकामा विजयी हुनुहुने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, लगायत सम्पूर्ण सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । विजयी हुने प्रतिनिधिहरुले बुझ्नु पर्दछकी निर्वाचन प्रणालिका कारण प्राविधिक हिसावले बहुमत प्राप्त गरेको देखिए पनि वास्तवमा जनताको अभिमत प्रतिपक्षमा रहेको हुन्छ । यसको राम्रो संग हेक्का राख्दै गुटवाद, नातावाद, कृपावाद र पक्षपातबाट माथि उठेर संस्थागत, पारदर्शि र निस्पक्ष रुपमा काम गर्ने आट र शाहस पनि पैदा होस भन्ने शुभकामना दिन चाहन्छु हाम्रो निम्ति कुनैपनि संसदवादि पार्टीका उम्मेदवारहरुको जित हारले कुनै तात्विक अन्तर पादैन। कसैको जित हारसंग हाम्रो उम्मेदवारिले कुनै सरोकार राख्दैन ।
म जनताको निर्णयलाई उच्च सम्मान गर्दै राष्ट्रिय स्वाधिनता जनतन्त्र र जनजिविकाको निम्ति अर्थात देश र जनताको सेवाको निम्ति निरन्तर संघर्ष गर्ने प्रतिवद्धता समेत जाहेर गर्दछ ।
भेषराज भुसाल
धन्यवाद मेयर पदका स्वतन्त्र उम्मेदवार शिवराज नगरपालिका कपिलवस्तु
( चुनाव चिन्ह पुतली