Connect with us
Kapilvast Forest

बुटवलको मेयरमा कांग्रेसका पाण्डेयको जित निश्चित

२०७९, ७ जेष्ठ शनिबारमा प्रकाशित

बुटवल – बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेयको जित निश्चित भएको छ । बुटवल वडा नंं. ११ को ४५ सय मत गन्न बाँकी छँदा खेलराज नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ८ हजार बढी मतले अगाडि रहेकाले पाण्डेयको जित निश्चित भएको हो ।

बुटवलका १९ मध्ये १८ वडा र गणना भइरहेको बुटवल–११ को ५९ सय मत गणना हुँदासम्म खेलराजले २९ हजार ७६ मत पाएका छन् भने भट्टराईको मत २० हजार ८१९ रहेको छ ।

 

बुटवल ११ मा १० हजार ३५३ मत खसेकोमा अब ४५ सय मत गन्न बाँकी छ । ५९ सय मत गणना हुँदा खेलराजले २ हजार ५७४ र भट्टराईले २ हजार २५५ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङ भन्दा अर्याल ६ हजार बढी मतले अगाडि रहेकाले उनको जित निश्चित भएको हो ।

बुटवलका १९ मध्ये १८ वटा वडाको नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले ३० वर्षपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन लागेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu