Connect with us
Kapilvast Forest

१३ वर्षीया अपाङ्गता भएकी नाबालिका जबरजस्ती करणीबाट सुत्केरी, आरोपी फरार

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

rape

काठमाडौं -भोजपुर निवासी १३ वर्षीया एक अपाङ्गता भएकी नाबालिकाले जबरजस्ती करणीबाट गर्भवती बनेर बच्चा जन्माएको चार महिना हुन लागेको छ तर अहिलेसम्म आरोपी पक्राउ पर्न सकेको छैन। अपाङ्गता भएकी नाबालिका आफ्नै घरको गोठमा रहेको बेला गत असार २७ गते गाउँकै रामचन्द्र राईले जबरजस्ती करणी गरेका थिए । त्यसबाट गर्भ रहन गई गत फागुन १४ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छोरी जन्मिएको हो।

 

नाबालिका बलात्कृत भएर बच्चा जन्मिएको करिब चार महिना हुन लाग्दा पनि अभियुक्त पक्राउ नपरेको भन्दै पीडितका बाबुले दुःख व्यक्त गर्नुभयो। घटनाबारे पीडित नाबालिकाका बुबाले २०७८ पुस १९ गते नै जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका थिए। प्रहरीका अनुसार घटनाका सम्बन्धमा गाउँमा चर्चा चलेपछि त्यही समयदेखि नै अभियुक्त राई फरार छन् ।

पीडितका बुबाका अनुसार ३६ वर्षका अभियुक्त राईले गोठमा जबरजस्ती करणी गरेका थिए । घटना भएको लामो समयसम्म पीडक पक्राउ नपर्दा घटना ढाकछोप हुनसक्ने पीडितका आफन्त तथा स्थानीयको गुनासो छ। जिल्ला अदालत भोजपुरको आदेसानुसार प्रहरीबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी राईको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu