शिवराज नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान
अर्जुन बेल्बासे ,न्युज सेन्टर नेपाल ,कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपलिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह चुनावबाट नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आईतवार(आज) शिवराज नगरपालिकाको निर्वाचन अधिकृतकको कार्यालयमा एक कार्यक्रम गरी प्रमाणपत्र वितरण गरीएको हो ।
शिवराज नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अजय थापा , उपमेयर शिवकुमारी थारु, वडाध्यक्ष र सदस्यहरू गरी ५७ जनालाई शिवराज नगरपालिकाको मुख्य निर्वाचनकार्यालयका अधिकृत कृष्ण चन्द्र पाण्डेले प्रमाण–पत्र वितरण गर्नु भएको थियो भने शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणश अर्यालले टिका र खादा लगाई ५ बर्षे सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

शिवराज नगरपालिकाको वडा नम्बर १को वडा अध्यक्षमा एमालेका खिम विक्रम के सी , वडा नम्बर २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका राम बहाददुर चौधरी , वडा नम्बर ३ मा नेकपा एमालेका टेकलाल सापकोटा , वडा नम्बर ४ मा लोकतान्त्रिक समाजवादि पार्टी नेपालका नसिम अहमद खाँ, वडा नम्बर ५ मा नेकपा एमालेका नेत्र प्रसाद बेल्बासे वडा नम्बर ६ जनता समाजवादि पार्टी नेपालबाट माहेताव आलम खाँ , वडा नम्बर ७ मा नेपाल कम्युष्टि पार्टी (माओवादि केन्द्र ) का अनुप कुमार चौधरी ,वडा नम्बर ८ मा नेपाली कांग्रेसका रिजवान अहमद , वडा नम्बर ९मा नेपाल कम्युष्टि पार्टी (माओवादि केन्द्र ) का राम गोपाल चौधरी , वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादि पार्टी नेपालबाट मञ्जु मिश्रा र वडा न ११ मा नेपाली कांग्रेसका रमेश्वर वर्मा विजयी हुनु भएको छ । नगर प्रमुख अजय थापा राप्रपाबाट निर्वाचित हुनु भएको हो भने , उपमेयर शिवकुमारी थारु एमालेबाट निर्वाचित हुनु भएको हो ।
