Connect with us
Kapilvast Forest

सोचेअनुसार नतिजा आएन, तर गठबन्धन टुट्दैन : माधव नेपाल

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा सोचेअनुसार नतिजा नआएपनि गठबन्धन नटुट्ने बताएका छन् । उनले गठबन्धनप्रति पार्टी बढी नै आशावादी भएकाले पनि नतिजा सोचे अनुसार आउन नसकेको भन्दै गठबन्धन र आफ्नै पार्टीमा पनि यसबारे समीक्षा हुने बताए ।

 

‘हामीले सोचे अनुसारको नतिजा नआएको पक्कै हो, यसबारे समीक्षा हुन्छ’, अध्यक्ष नेपालले   भने, ‘तर यही कारण गठबन्धन टुट्दैन ।’ उनले आगामी दिनमा आफ्नो पार्टी आफ्नै खुट्टामा उभिनेगरी अघि बढ्ने भन्दै यो निर्वाचनमा गठबन्धन गरेकाले नै पोखरा महानगर जित्ने अवस्था आएको र हेटौडा उपमहानगर जितिसकेको बताए ।

‘एक महानगर र एक उपमहानगर हाम्रो पार्टीले जित्नु भनेको पनि गठबन्धनकै कारण हो, यो एउटा उपलब्धि नै मान्नुपर्छ’, अध्यक्ष नेपालको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रतिगमनका पक्षधरहरु अझै सल्बलाइरहेकाले सत्ता गठबन्धन अर्को निर्वाचनसम्म लैजानु आवश्यक रहेको बताए ।

‘मुलुकमा सात दलीय दक्षिणपन्थी अर्को गठबन्धन पनि छ, त्यो अझै सल्बलाइरहेको छ । त्यसैले हाम्रो यो गठबन्धन देशको अग्रगतिका लागि आवस्यक छ’, अध्यक्ष नेपालको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu