Connect with us
Kapilvast Forest

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

accident

पाल्पा-पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको तिनाउ गाउँपालिका–५ मस्यामका २० वर्षीय योगेश रास्कोटीको तानसेन नगरपालिका–९ दमकडा बजारमा लु ७७ प २१३२ नम्बरको मोटरसाईकल अनियन्त्रित हुँदा मृत्यु भएको हो ।

 

दुर्घटनामा परी गम्भीर घाइते भएका रास्कोटीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति हुन् । यस्तै दुर्घटनामा परी मोटरसाइकलका चालक सोही स्थानका २४ वर्षीय जनक राना घाइते भएका छन् । घाइते मोटरसाइकलका चालक जनक रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu