Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा खोलामा डुबेर काका भतिजको मृत्यु

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

death

 

प्रेमनारायण आचार्य ,सन्धिखर्क – अर्घाखाँचीको शितगंगा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिज २ जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर प्युठान नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले बताए।

प्युठान फोप्लीका उनीहरु शितगंगा नगरपालिका वडा नम्वर ९ औले निवासी हिरा घर्ती पल्लीको छोरीको न्वरानको भोज खान आएका थिए। शुक्रबार राती औले आएका उनीहरु शनिबार न्वरानको भोज खाएर खोलामा माछा मार्न गएका थिए।

माछा मार्न भन्दै जाल बोकेर खोलामा गएका उनीहरु खोलाको रहमा डुबेका थिए। शवको जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ। घटनाको बारेमा थप अनुसन्धानसमेत भैरहेको प्रहरीको भनाइ छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu