Connect with us
Kapilvast Forest

काठमाडौं महानगरपालिका–२६ मा दोहोरिए कांग्रेसका तिवारी

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

 

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं. २६ को अध्यक्षमा नेपाली कांग्रेसका ख्यामराज तिवारी विजयी भएका छन्। सोमबार राति सम्पन्न मतगणनामा कांग्रेसका तिवारी तीन हजार ३१५ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार तीर्थकाजी डंगोलले दुई हजार ४२९ मत प्राप्त गरे। तिवारी यसअघि पनि यही वडाका अध्यक्ष थिए। वडा सदस्यमा पनि सबै कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

बाबुबाजी महर्जन र प्रवेश श्रेष्ठ, महिला सदस्यमा शान्ता महर्जन र दलित महिलामा रूपा नेपाली निर्वाचित भएका हुन्। काठमाडौं महानगरपालिका २६ मा ठमेल, लैनचौर, सामाखुशी, गल्कोपाखा, रानीवारी, टाउन प्लानिङ, नयाँ बसपार्क, म्हैपीलगायत क्षेत्र पर्छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu