Connect with us
Kapilvast Forest

जसपाका राजेशमानले जिते वीरगन्जको मेयर

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं-राजेशमान र इम्तियाज आलम।राजेशमान र इम्तियाज आलम।जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिंह वीरगञ्ज महानगरपालिकाको मेयर निर्वाचित भएका छन्।

उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।राजेशमानले ४६ हजार दुई सय १५ मतसहित मेयर जितेका हुन्।यहाँ नेकपा एमाले-लोसपा गठबन्धनका साझा उम्मेदवार निवर्तमान मेयर विजयकुमार सरावगी पराजित भएका छन्।

उनले जम्मा २३ हजार छ सय ७१ मतमात्रै ल्याएका छन्।राजेशमाले सरावगीलाई २२ हजार पाँच सय ४४ मतले हराएका हुन्।उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका नेता इम्तियाज आलम विजयी भए। उनले ३० हजार ७८ मत ल्याएका छन्।

उपमेयरमा एमाले-लोसपा गठबन्धन उम्मेदवार लोसपा नेता पुरूषोत्तम लाल झाले नौ हजार पाँच सय ६८ मत ल्याएर पराजित भएका छन्।०७४ मा सरावगी जसपाबाट मेयर निर्वाचित भएका थिए। उनी जसपा छाडेर एमालेमा प्रवेश गर्दै यसपालि पनि मेयर उम्मेदवार भएका थिए।०७४ मा राजेशमान सरावगीसँग मेयरमा पराजित भएका थिए। अहिले उनै सरावगीलाई राजेशमानले हराएका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu