Connect with us
Kapilvast Forest

झापामा नेकपा एमाले अगाडि, माओवादी केन्द्र शून्य

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

 

झापा- झापाका १५ स्थानीय तहमा नेकपा एमालेले प्रमुख र उपप्रमुख गरी १७ पद हात पारेको छ ।झापामा रहेको १५ स्थानीय तहमा ८ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । ती पालिकामा प्रमुख र उपप्रमुख पद गरी ३० पद रहेका मा १७ पद एमाले एक्लैले जितेको हो ।

गत वैशाख ३० गते भएकाे स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार प्रमुख पदमा ७ र उपप्रमुख पदमा १० जना विजयी भएका छन्। नेपाली कांग्रेस पार्टीबाट प्रमुखमा ५ र उपप्रमुखमा ४ गरी जम्मा ९ जना मात्रै विजयी भएका छन्। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा दुई र उपप्रमुख पदमा दुई गरी ४ जना विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट प्रमुख र उपप्रमुख पदमा एक जना पनि विजयी भएका छैनन् ।

मेचीनगर, बिर्तामोड,शिवसताक्षी, गौरादह, अर्जुनधारा नगरपालिकामा प्रमुख र उपप्रमुख , तथा बाह्रदशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेले विजयी हासिल गरेकाे छ । त्यस्तै, कनकाई नगरपालिका, गौरीगञ्ज, कमल बुद्धशान्ति र कचनकवल गाउँपालिकामा उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेबाट मेची नगरपालिकामा विजयी हुनेहरु मध्ये प्रमुखमा गोपालचन्द्र बुढाथोकी, उपप्रमुखमा मीना कुमारी पोख्रेल हुनुहुन्छ।

बिर्तामोड नगरपालिकामा प्रमुख पदमा पवित्रा महतरा प्रसाई र उपप्रमुखमा नगेन्द्र प्रसाद संग्रौला विजयी हुनुभएकाे छ । अर्जुनधारा नगरपालिकामा प्रमुख पदमा बलदेवसिंह गोम्देन तामाङ्ग र उपप्रमुख पदमा खड्गमाया पराजुली विजयी हुनुभएको छ । साथै शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा मेगाहाङ्ग थोप्रा र उपप्रमुख पदमा नरमाया कार्की विजयी हुनुभएको छ ।

उता गौरादह नगरपालिकामा प्रमुख पदमा छत्रपति सुवेदी र उपप्रमुख पदमा जलवर्षा राजवंशी विजयी हुनुभएकाे छ।
त्यस्तै, वाह्रदशी गाउँपालिकाको अध्यक्ष पदमा देवेन्द्र चम्लगाई र उपाध्यक्ष पदमा शान्ता देवी शिवाकोटी खरेल विजयी हुनु भएकाे छ । यता कनकाई नगरपालिकाको प्रमुख पदमा राजेन्द्र कुमार पोखरेल, कचनकवल गाउँपालिकाको उपप्रमुख पदमा नवराज भट्टराई,गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्ष पदमा पुजन न्यौपाने कुँवर , कमल गाउँपालिकाको उपाध्यक्षमा प्रमिला न्योपाने तिवारी विजयी हुनुभएकाे छ। बुद्धशान्ति गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेबाट भवानी प्रसाद खतिवडा विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय झापाका अधिकृत तुलसी कुमार नेपालले जानकारी दिनुभयो।

नेपाली कांग्रेस झापा गाउँपालिकामा मात्रै अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएकाे छ । झापा गाउँपालिकामा अध्यक्ष पदमा जयनारायण शाह र उपाध्यक्षमा अञ्जुवेदी थपलिया विजयी हुनुभएकाे हाे। साथै भद्रपुर नगरपालिकाको प्रमुख पदमा गणेश पोखरेल, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी, कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र प्रसाद सिंह राजवंशी, कमल गाउँपालिका अध्यक्षमा हुकुमसिंह राई, बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मनोज प्रसाई विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखमा दमक नगरपालिकामा रेगिना भट्टराई र कनकाई नगरपालिकामा आशा शर्मा शिवाकोटी विजयी हुनुभएकाे छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दमकको प्रमुख पदमा राम थापा, हल्दिवारी गाउँपालिकाको अध्यक्षमा रविन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी देवी मैनाली विजयी हुनभएकाे हाे । उता भद्रपुर नगरपालिकाको उपप्रमुखमा भने राधा कार्की विजयी हुनुभएको छ ।

मुलुक संघीयतामा गएसँगै २०७४ सालमा पहिलो पटक स्थानीय तहको निर्वाचन भएको थियो। सो निर्वाचनमा सहभागी दलमध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाका १५ वटा स्थानीय तहमध्ये एउटामा पनि प्रमुख र उपप्रमुख पद विजयी हासिल गर्न सकेको थिएन । यस पटक भएको स्थानीय तहको निर्नाचनमा समेत नेकपा माओवादी केन्द्रले १५ पालिका मध्ये कुनै पनि पालिकामा प्रमुख र उपप्रमुखको पदमा विजयी हासिल गर्न सकेन्।

नेपाली कांग्रेससहितका दलसँग गठबन्धन गर्दै निर्वाचनमा सहभागी बने पनि नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुख पद हात पार्न भने सफल हुन् सकेन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu