Connect with us
Kapilvast Forest

सामाजिक सञ्जाल दुरुपयोग गरेर २८ लाख ठगेको आरोपमा युवक पक्राउ

२०७९, १० जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं -सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–८ घर भएका ३५ वर्षीय उत्सव श्रेष्ठ छन् ।

 

सामाजिक​ सञ्जाल हवाट्स एप, इमो, बोटिम र भाइबरको दुरुपयोग गरेर आफु कम्बोडियाको क्यासिनोमा कार्यरत रहेको भन्दै उत्सव समेतका व्यक्तिहरुले ठगेका हुन् । अमेरिकाबाट सञ्चालित लटरीमार्फत ६ लाख २७ हजार युरो डलर परेको भनेर सो रकम पाउन ‘प्रोसेसिङ’ रकम चाहिने भनेर उनले आफ्नो खातामा सर्वसाधारणलाई रकम जम्मा गर्न लगाएका थिए ।

श्रेष्ठको ५ वटा बैंक खातामा २७ लाख ७९ हजार जम्मा भएको भेटिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । श्रेष्ठ सोर्‍हखुट्टेबाट पक्राउ परेका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu