Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट बालकको ज्यान गयो

२०७९, १३ जेष्ठ शुक्रबारमा प्रकाशित

 

अर्घाखाँची – अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको ज्यान गएको छ ।सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला परेको छ ।

अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा आमा भएतर्फ जाँदै गर्दा चितुवाले झम्टेको थियो । बारीमा आरु खान गएको बेला चितुवाले आक्रमण गरेको स्थानीय उमेश अधिकारीले जानकारी दिए ।

चितुवाको आक्रमणमा परेका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले रातिसम्म खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अमर थापाले बालकको शव फेला परेको पुष्टी गरेका हुन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu