वडा अध्यक्ष बेल्बासेले कार्यभार सम्हाल्दै भने वडालाई हेर्नलायक मात्र होइन, बस्नलायक बनाउँछु
अर्जुन बेल्बासे , कपिलवस्तु-अर्घाखाँचीको सितगंगा नगरपालिका वडा न १० का नवनिर्वाचित वडा अध्यक्ष केसब प्रसाद बेल्बासेले कार्यभार सम्हाल्दै वडावासिको मर्म बुझेर काम गर्ने बताएका छन ।
नेकपा एमालेको तर्फबाट सिंगो प्यानल सहित विजयी भएका बेल्बासेले निर्वाचनअघि वडावासि नागरीकमाझ गरेका वचन पूरा गर्नका लागि सबै दलसँग मिलेर काम गर्ने बताए ।
शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्ने उदेश्य सहित वार्ड भित्र रहेका हरेक बिधालयका बालबिकासमा अध्यानरत वालवालिकाको सिकाईमा सुधार गर्दै प्रभावकारी र प्रविधिमैत्रि बनाउन ३२ इन्चको टिभीको ब्यबस्था गर्ने बतए।
उनले शिक्षा, स्वास्य, ,कृषि ,खानेपानी , यातायात ,विधुत साथै सुन्दर एवंम समृद्ध वडाको रुपमा सितगंगा १०लाई पहिचान गर्ने गरी काम गर्ने बताए । वडा भित्र भएको बढ्दो बसाईसराईलाई नियन्त्रण गर्न आफ्नो कार्यकालको समय अवधिमा वडालाई हेर्नलायक मात्र होइन, बस्नलायक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
साथै वडाविकासको निम्ति वडावासिसँगको सहकार्य निरन्तर आवश्यक पर्नेमा जोड दिए।सितगंगा १० को अध्यक्षमा एमालेबाट बेल्बासे सहित सदस्यमा शिशिर पोख्रेल,तारा वहादुर थापा ,डाल कुमारी भण्डारी र हेमकला वि क अध्यधिक बहुमतले विजयी भएका छन ।
स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे पहिलो कार्यकाल सकिएको छ । स्थानीय तहको दोस्रो कार्यकालका लागि गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले जिम्मेवारी प्राप्त गर्ने क्रममा छन् ।
