रुखबाट लडेर एक जनाको मृत्यु
रोल्पा- जिल्लाको गंगादेव गाउँपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गंगादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर गएराति मृत्यु भएको हो ।
घर नजिकैको बारीमा रुखमा घाँस काट्न थालेका वली एक्कासि लडेर घाइते भएको र उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेकोमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।