Connect with us
Kapilvast Forest

८० प्रतिशत प्रशासकीय अधिकृतको काठमाडौंमा घर छ : लक्ष्मणलाल कर्ण

२०७९, १४ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं -लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा पाँच वर्षमा धेरै अनियमितता भएको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले पदाधिकारीले गाली मात्र खाएको तर प्रमुख प्रशासकीय अधिकृतले कमाइरहेको टिप्पणी गरे ।

शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नै नेता कर्णले ८० प्रतिशत प्रशासकीय अधिकृतले काठमाडौंमा घर बनाइसकेको बताए ।

 

‘हामीले पाँच वर्ष स्थानीय निकाय सञ्चालन गर्‍यौं, अब रिभ्यू गर्ने बेला भएको छ कि छैन, अनियमितता छ कि छैन ?’ उनले भने, ‘अनियमितता हेर्ने हो भने त्यहाँका पदाधिकारीले गाली खाइरहेका छन् । कसले कमाइरहेको छ, त्यहाँका प्रशासकीय प्रमुखहरु । ८० प्रतिशत प्रशासकीय प्रमुखको घर काठमाडौंमा छ । नभए त शहर जहाँ छ, त्यहाँ बनाइसके पाँच वर्षमा । के गर्‍या छ प्रमुख उपप्रमुखले ?’

स्थानीय तहका पदाधिकारीले हरेक कामका लागि प्रमुख प्रशासकीय अधिकृतको भर पर्नुपर्ने भन्दै नेता कर्णले पदाधिकारीले चाहेर मात्र केही गर्न नसक्ने टिप्पणी गरे । ‘यसतर्फ हामीले रिभ्यू गर्नुपर्ने, कसरी सहज बनाउने पद्धति कि उसले (पदाधिकारी) काम गर्न सकोस् ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu