Connect with us
Kapilvast Forest

प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार रुपैयाँ ऋण!

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

 

 

काठमाडौँ– प्रत्येक नेपालीको थाप्लोमा ६३ हजार ३ सय १० रुपैयाँ ऋण परेको छ ।शनिवार प्रतिनिधिसभाको बैठकमा पेश भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षण अनुसार हाल नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस्तो ऋण १७ खर्ब ३७ अर्ब पुगेको सर्वेक्षणले देखाएको थियो ।

गत आर्थिक वर्षको भन्दा २०७८ को फागुनसम्मको सर्वेक्षणले पहिलेको तुलनामा यो आर्थिक वर्षमा ६.३९ प्रतिशत ऋण बढेको हो ।२०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख पुगेको छ । यसरी हेर्दा यो आर्थिक वर्षमा नेपालीको थाप्लोमा अझ बढी ऋण बाेकाइएको देखिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu