आज ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै उपस्थित हुनुपर्ने
काठमाडौं- आइतबार (आज) दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आज संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नुहुनेछ ।
आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुन लागेको हो ।संसद सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न आग्रह गरेको छ ।