Connect with us
Kapilvast Forest

१५ लाख १२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्यो

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-२०७८ फागुनसम्म १५ लाख १२ हजार ४ सय ३२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म संघ अन्तर्गत सञ्चालित कार्यक्रमबाट सतह सिँचाइ २,८९५ हेक्टर तथा भूमिगत सिँचाइ ११० हेक्टर गरी कुल ३,००५ हेक्टर सिञ्चित क्षेत्र थप भएको हो । २०७८ असारसम्म कुल १५ लाख ९ हजार ४ सय २७ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो।

जलउत्पन्न प्रकोप नियन्त्रणको लागि आर्थिक वर्ष २०७७/७८ मा ७७ कि.मि. तटबन्ध निर्माण भई ८५३ हेक्टर जग्गा उकास गरिएको थियो भने आर्थिक वर्ष २०७८/७९ को प्रथम आठ महिना सम्ममा ३१.६७ कि.मि. तटबन्ध निर्माण तथा ५३ हेक्टर जग्गा उकास भएको छ। हालसम्म कुल १,२४१ कि.मि. तटबन्ध निर्माण र १२ हजार ५८ हेक्टर जग्गा उकास गरिएको छ।

कृषियोग्य जमिनमा सिँचाइ सुविधाको विस्तारबाट कृषि उत्पादनमा वृद्धि ल्याउन हाल संघ अन्तर्गत १६ वटा सिँचाइ आयोजना सञ्चालनमा छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu