Connect with us
Kapilvast Forest

सम्पर्कविहीन विमानको खोजी तीब्र पार्न गृहमन्त्रीको निर्देशन

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं –गृहमन्त्री बालकृष्ण खाँणले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान खोजीलाई तीव्र पार्न प्रशासन र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी खोजी कार्यलाई तिव्रता दिन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

 

आइतबार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १०:०७ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार विमान लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी दिए ।विमानमा १९ यात्रु र ३ चालक दलको सदस्य रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu