Connect with us
Kapilvast Forest

यि हुन् मन्त्रिपरिषद्का निर्णयहरु

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं – सरकारले मूल्य अभिवृद्धि कर २४ औं संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औं संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अन्तशुल्क २३ औं संशोधन नियमावली २०७९, भन्सा १३ औं संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले बजेट तथा अर्थ सम्बन्धी विधेयकहरु संघीय संसदमा पेस गर्ने, लोकसेवा आयोगको सिफारिस बमोजिम निजामति सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

त्यस्तै, सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा बि.सं. २०७९ जेठ १८ देखि १९ सम्म आयोजना हुने ग्लोवल समिट २०२२, टर्निङ द टाइट अन चाइल्ड सेक्सुअल अबुस अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । उहाँका अनुसार सरकारले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने, गणतन्त्र दिवस २०७९ को अवसरमा उपमाकान्त पराजुलीसमेत १६ जना व्यक्तिहरुको सजाय माफी गर्न सम्माननीय राष्ट्रपति ज्यूसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युनिफिल, लेबनान र यूएनडफ सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने निर्णय भएको बताउनु भयो ।

प्रवक्ता कार्कीले सुरक्षण मुद्रण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदावधि एक पटकको लागि थप गर्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सलटेण्ट अब्स्ट्रेटिक्स एण्ड गाइकोलोजिस्ट डा.जागेश्वर शर्मा गौतमले दिनुभएको राजिनामा स्वीकृत गर्ने निर्णय भएको बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu