Connect with us
Kapilvast Forest

कामै नगरी रकम भुक्तानी खोज्नेविरुद्ध अदालतमा आरोपपत्र दायर

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

 

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्ला आठविस नगरपालिका ८ मा रहेको गणेश आधारभुत विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्तिप्रसाद उपाध्याय, व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिल कुमार शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार आरोप पत्र दायर गरेको छ ।

निजहरुले आर्थिक बर्ष २०७६/०७७ मा विद्यालयमा आईसीटीसी ब्यवस्थापनका लागि सोलार जडान गर्ने भन्दै सोलार खरिदका लागि कोटेसन आव्हान र छनोट गरेको तर सामग्री गरिद नगरी खरिद गरेको भन्दै आठविस नगरपालिका कार्यालय, दैलेखमा छनोट चार लाख ९८ हजार रुपियाँ रकम भुत्तानी गर्ने उद्येश्यले भुटा कागज र विल भरपाई गरेका थिए ।

अख्तियारले सरकारी रकम खाने र मास्ने उद्येश्यकासाथ गैरकानुनी लाभ लिन खोजेको ठहर गर्दै अधिकतम सजाय हुन मागदावी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu