Connect with us
Kapilvast Forest

यसपटक अर्थमन्त्रीको ब्रिफकेस तोडफोड भएन, हाम्रो लोकतन्त्र परिपक्व हुँदैछ : योगेश भट्टराई

२०७९, १७ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौ । -नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड नहुनु सकारात्मक उपलब्धि भएको बताए ।

मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले ब्रिफकेस तोडफोड नहुनु र संसदमा कुर्सी नभाँचिनुले नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको पुष्टि हुने बताए ।

 

‘महत्वपूर्ण सकारात्मक उपलब्धि नै भन्नुपर्छ, माननीय अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा उहाँले बोक्नुभएको ब्रिफकेस तोडफोड भएन । संसदमा माननीय सदस्यहरू बस्ने कुर्सी भाँचिएनन् । संसदका माइक भाँचिएनन् र शान्तपूर्वक माननीय अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट पढ्न पाउनुभयो’ उनले भने ।

सचिव भट्टराईले अघि भने, ‘सायद हाम्रो लोकतन्त्र, हाम्रो संवैधानिक प्रक्रिया परिपक्व हुँदैछ, हामी उत्तेजना र आवेशबाट, संयमता र धैर्यतातिर जाँदैछौं, त्यस अर्थमा म खुशी व्यक्त गर्न चाहन्छु ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu