Connect with us
Kapilvast Forest

मानव अधिकार समूह बाणगंगाद्वारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

 

कपिलवस्तु-इन्सेक संग आवद्ध मानव अधिकार समूह बाणगंगाका उपाध्यक्ष ईन्दिरा पन्तको संयोजकत्वमा नगरपालिकाका प्रमुख चक्रपाणी आर्याललाई ध्यानाकर्षण पत्र बुझाईएको छ । बाणगंगा नगरपालिका भित्रका किसानहरुलाई धानखेती लगाउने वेलामा कृषकले रासायनिक मलखाद डिएपी, युरीया र उन्नतजातको धानको बिउ बजारमा नपाएको कृषकहरुबाट गुनासो आए पश्चात समूहले नगरभित्रका केही सहकारीको अनुगमन गरी समस्याहरुको पहिचान गरेर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

समूहले नगरपालिकाको वडा नं. ५ मा रहेको छिमेकी सहकारी संस्था , दिव्यज्योति महिला सहकारीमा २० क्वीन्टल डिएपी र ८ क्वीन्टर पोटास बितरण गर्दा ८० कृषकले २५ केजीका दरले मात्र मलखाद पाएको र वडा नं. ४ स्थित कर्मेश्वर कृषि सहकारी संस्थामा १५ क्वीन्टल र जनमैत्री कृषि सहकारी संस्थामा २५ क्वीन्टल डिएपी र ८ क्वीन्टल पोटास मात्र पाएको गुनासो आएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । उक्त मलखाद पौंच पुग्ने ब्यक्तीहरुले मात्र पाएको र सर्बसाधारण किसानहरुले सुचना समेत नपाएको गुनासो किसानहरुबाट आएको हुँदा नगरका सबै किसानहरुले समयमा आबश्यक पर्ने मलखाद तथा बिउ हालसम्म पाउन नसकेको गुनासो छ ।

ध्यानाकर्षण पत्रमा किसानहरुले उन्नत जातको धानको बिउ समयमा नपाएको कृषि सामाग्री संस्थानको मलखादका लागि नगरपालिकाले समयमै उपलब्ध गराउन नसकेको, किसानहरुको समस्या समाधानका लागि नगरपालिकाको कृषि शाखाले समयमै पहल गर्नुपर्ने, रामधान र राधाचारको धानको बिउ बाहेक अन्य उन्नत जानका बिउको ब्यवस्था गरिनुपर्ने र मलखादको समस्या समाधान गर्न कृषि मत्रालय संग स्थानिय तहले समन्वय गर्नु पर्ने लगायतका समस्या तथा सुभाmव उल्लेख गरिएको छ ।

मानव अधिकार समूह बाणगंगाका उपाध्यक्ष ईन्दिरा पन्त, सचिव मधु पाण्डे, कोषाध्यक्ष ३. थानेश्वर अधिकारी, सदस्यहरु रुपा राई गुरुङ्ग, देबकला सुवेदी कमाल, यमुना पन्थी, इन्सेक सहजकर्ता पार्वती आचार्य लगातयको टोलिले मेयर अर्याल सहित उप प्रमुख रीता कुमारी चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा बुझ्दै मेयर अर्यालले कृषि र कृषकसंग सम्बन्धित कतिपय कुराहरु केन्द्रिय सरकारको नितिका कारण अप्ठ्यारे भएको बताउदै ती समस्या समाधानका लागि नगरपालिका कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu