नागढुङ्गा सडक खण्डमा जाम
काठमाण्डौ – काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गामा बिहानैदेखि जाम छ । नागढुङ्गा नौबिसे सडक खण्डमा गाडी बिग्रिएकाले जाम भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिग्रिएको गाडी हटाउने तयारी भइरहेको छ । गाडी हटाएपछि गाडीको आवागमन सामान्य हुनेछ । ठूला गाडी र गाडीको सङ्ख्या धेरै तर, साँघुरो सडकका कारण हरेक दिनजसो यो सडक खण्डमा जाम हुने गरेको छ ।
काठमाण्डौसँगको मुख्य नाका भएकाले नागढुङ्गा हुँदै दैनिक सयौँ गाडी ओहोरदोहोर हुने गरेका छन् ।