Connect with us
Kapilvast Forest

शिवराजका नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

कपिलवस्तु-शिवराज नगरपालिकामा स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरिएको छ ।आज एक कार्यक्रमका विच नवनिर्वाचित नगर प्रमुख अजय थापा , उप प्रमुख शिवकुमारी चौधरी वडाध्यक्ष लगायतलाई शिवराजका विभिन्न ४वटा सामाजिक संघ सस्थले सम्मान गरेका हुन । शिवराज नगरपालिकाका   नगर प्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारु लगायत शिवराज नगरपालिकाकामा निर्वाचित वडा अध्यक्षहरुलाई एक कार्यक्रमका बिच शिवराज नगरका ४ सामाजिक संघ सस्था सामाजिक विकास मञ्च नेपाल कपिलवस्तु , राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु , सगरमाथा वेलफेयर सोसाइटी नेपाल र सगरमाथा सामाजिक सिकाई केन्द्र शिवराज कपिलवस्तुकाले संम्युक्तरुपमा स्वागत तथा सम्मान गरेका हुन ।

 

सोहि कार्यक्रममा बोल्दै नगर प्रमुख अजय थापाले नगरमा भौतिक पूर्वाधार विकासले मात्रै नगरको दीगो विकास नहुने बताउनु भयो । नगरको सर्वपक्ष विकास गर्न सर्वप्रथम शिक्षामा जोड दिन आवश्यक रहेको बताउनु भयो ।कार्यक्रममा मेयर थापाले शिवराजलाई समृद्ध नगर बनाउन सबै संघ सस्थाहरुसगँ सहकार्य गरेर अगाडि बढ्दै नगर विकासमा प्रतिबद्ध भएर लाग्ने बताउनु भयो ।

सोहि कार्यक्रममा बोल्दै नगर उप प्रमुख शिवकुमारी थारुले नग भित्रका हरेक निकायहरुसगँ सल्लाह,समन्वय,सहकार्य गरेर समृद्ध शिवराज नगरपालिका बनाउनका लागी आफूहरूले प्रयत्न गर्ने बताउनु भयो ।उहाँले नगरवासिको चाहाना र जनभावना अनुसार काम गर्ने बताउनु भयो ।

साथै सोहि कार्यक्रममा सम्पुर्ण वडा अध्यक्षको प्रतिनिधित्व गर्दै बोल्नु भएका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले सबै निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन ऐनलाई ख्याल गर्दै नगर विकार र देखापरेका समस्या समाधानमा भुमिका खेल्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति बिष्णु प्रसाद खतिवडाले शिवराजलाई समृद्ध बनाउन मुख्य भुमिका खेल्ने दायित्व नगरका जनप्रतिनिधि काम गर्नु पर्ने बताउँदै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति बिष्णु प्रसाद खतिवडाको अध्यक्षता तथा नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामाजिक विकास मञ्च नेपाल कपिलवस्तुका अध्यक्ष राम प्रसाद पौडेल, सगरमाथा सामाजिक सिकाई केन्द्र शिवराज कपिलवस्तुका अध्यक्ष विष्णु अधिकारी र सगरमाथा वेलफेयर सोसाइटी नेपालका महासचिव गोविन्द प्रसाद ढुगांनालगायतले कार्यक्रमलाई सम्बोधन गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu