विप्लव नेतृत्वको पार्टीले पत्रकार सम्मेलन गर्ने
काठमाडौँ- नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टीले पत्रकार सम्मेलनमार्फत केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न लागेको हो।
गत जेठ १२ गतेदेखि १६ गतेसम्म उदयपुरमा सम्पन्न केन्द्रीय समिति निर्णय आगामी शुक्रबार राष्ट्रिय नाचघर जमलमा पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको हो। पार्टीबाट धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली निस्किएपछि पहिलोपटक विप्लव समूहको बैठक बसेको हो। विप्लव